७ बुँदे सहमतिमा हस्ताक्षर गर्दै एकीकृत समाजवादी सत्ता गठबन्धनमा सामेल

काठमाडौं, २९ फागुन । नेकपा एकीकृत समाजवादीलाई समेत समेटेर सत्तारुढ दलहरुबीच अर्को ७ बुँदे लिखित सहमति भएको छ ।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सहमतिमा हस्ताक्षर गरेपछि सत्तागठबन्धनमा आबद्ध दलको संख्या ५ पुगेको हाे ।
यसअघि गत फागुन २१ गते नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), रास्वपा र जसपाले ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका थिए। सोही सहमतिपत्रमा पुनर्लेखन गर्दै एकीकृत समाजवादीले पनि हस्ताक्षर गरेको हो ।
सिंहदरबारमा मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीसँगको भेटवार्तापछि अध्यक्ष नेपालले लिखित सहमतिमा हस्ताक्षर गरेका हुन्।
सरकारमा सहभागी हुन विभिन्न मागअघि सारेको एकीकृत समाजवादीले राष्ट्रियसभा अध्यक्षमा गठबन्धनका उम्मेदवार र प्रतिनिधि सभामा बुधबार प्रधानमन्त्रीलाई विश्वासको मत दिन पनि सर्त अघि सारेको थियो । लिखित सहमतिपछि एकीकृत समाजवादीले राष्ट्रियसभा अध्यक्ष र प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएको छ।
यस्ताे छ सहमति