आजदेखि पेट्रोलमा नयाँ मूल्य, प्रतिलिटर चार रुपैयाँले वृद्धि

काठमाडौँ, १९ चैत । नेपाल आयाल निगमले आजदेखि पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले वृद्धि भएको छ ।

निगमले सोमबारदेखि वृद्धि हुने गरी मूल्य बढाएकाे हाे । जस अनुसार आजदेखि पेट्रोलको प्रतिलिटर मूल्य रु एक सय ७५ पुगेको छ ।

नेपाल आयाल निगम लिमिटेडको सञ्चालक समितिको निर्णयअनुसार सोमबारदेखि नयाँ मूल्य लागू भएकाे छ ।

निगमले नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ ७६ पैसाले बढेर आएको जनाएकाे छ । निगमले अन्य पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् रहेको निगमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको प्रतिलिटर मूल्य रुपैयाँ एक सय ७२ रुपैयाँ ५० पैसा रहेको छ । यस्तै, दोस्रो वर्गअन्तर्गतका काठमाडौँ, पोखरा र दिपायल जिल्लामा प्रतिलिटर रु एक सय ७४ मूल्य कायम गरिएको छ ।