च्याउ टिप्न गएका डोल्पाका तीन बालक डढेलोमा परेर गम्भीर घाइते

काठमाडौं, २९ चैत । डाेल्पामा च्याउ टिप्न गएका तीन बालक डढेलाेमा परेर गम्भिर घाइते भएका छन् ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सामुदायिक वनमा लागेको डढेलोमा परेर बालकहरू गम्भीर घाइते भएका हुन्।

डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालका अनुसार च्याउ टिप्न गएका १२, १३ र १० वर्षका बालक घाइते भएको छ ।

दिउँसो घर नजिकै रहेको सामुदायिक वनमा च्याउ टिप्न जाँदा उनीहरु डढेलोमा परेका थिए । गम्भीर घाइते उनीहरुलाई जिल्ला अस्पताल, दुनै ल्याइएको थियो । दुनैमा थप उपचार सम्भव नहुने भएपनि हेलिकोप्टरमार्फत उद्दार गरेर नेपालगञ्ज ल्याउने प्रयास भइरहेको छ ।

डोल्पामा गएको सोमबार मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा जार जना सैनिक समेत गम्भीर घाइते भएका थिए । तीमध्ये दुई जनाको उपचारका क्रममा निधन भएको छ । थप दुई जनाको उपचार जारी छ ।