प्रहरीले कानुन विपरितका काम कहिले पनि गर्दैन : प्रहरी प्रमुख सिंह

रामेछाप, ४ वैशाख । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक प्रदीप कुमार सिंहले प्रहरीले कानुन विपरितका काम कहिले पनि नगर्ने बताउनुभएका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापको प्रमुख भएर पुग्नुभएका प्रहरी नायव उपरीक्षक सिंहले पत्रकारहरूसँग कुरा गर्दै नागरिकसँग जोडिएका सबै विषयमा प्रहरीको जिम्मेवारी महत्वपूर्ण हुने बताउनुहुँदै प्रहरीले व्यक्तिको इच्छा अनुसार नभएर कानुन अनुसार काम गर्ने बताउनुभएकाे हाे ।

उहाँले रामेछाप जिल्लामा आम नागरिककाे सत्य र इमानदारितालाई ध्यानमा राखेर सेवा गर्ने बताउँदै आफ्नो कार्यकालमा जिल्लामा निष्पक्ष भएर सेवा गर्ने बताउनुभयाे ।

नेपाल प्रहरीको नारालाई आत्म सात गरेर काम गर्नेमा आफू प्रतिबद्ध रहेको जनाउँदै प्रनाउ सिंहले जिल्लाको शान्ति सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयाे ।

कार्यक्रममा पत्रकारहरूले जिल्लामा भइरहेका विभिन्न अपराधका घटना, हिंसाका घटना, सडक दुर्घटनाको अवस्था, कानुनी जटिलता, लगायतका विषमा प्रहरी प्रमुखलाई जानकारी गराउनुभएकाे थियाे ।

कार्यक्रममा पत्रकारहरूले राखेका विभिन्न समस्याका बारेमा प्रनाउ सिंहले अध्ययन गरेर समाधानका लागि सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयाे ।

जिल्ला प्रहरी कार्यालयमा विभिन्न समस्या लिएर पुग्ने पीडितको पक्षमा प्रहरीले तुरुन्तै काम नगर्दा पीडित नागरिक झन् पीडित हुनु परेको गुनासाे पत्रकारहरूले राखेपछि प्रहरी प्रमुख सिंहले आफ्नो कार्यकालमा त्यस्तो नहुने र घटना आइपुग्ने बित्तिकै दर्ता गरेर प्रक्रिया अगाडि बढाउने प्रतिबद्दता ब्यक्त गर्नुभयाे ।

कार्यक्रममा रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपाने, गणपति प्रमुख सेनानी दिपक टण्डन क्षेत्री, जिल्लामा क्रियाशील रहेका पत्रकारहरु, नागरिक समाजलगाएतका सहभागी थिए ।