निर्वाचन तयारीबारे प्रमुख दलका शीर्ष नेतासँग आयोगको परामर्श

काठमाडौँ, ४ मङ्सिर। निर्वाचन आयोगले आगामी स्थानीय तह र प्रतिनिधिसभा निर्वाचनको तयारीका विषयमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग परामर्श गरेको छ।

आयोगले निर्वाचनको मिति निर्धारण, निर्वाचन प्रणाली तथा स्थानीय तह र प्रतिनिधिसभाको निर्वाचन एकैपटक गर्ने वा छुट्टाछुट्टै सञ्चालन गर्ने भन्ने विषयमा दलका नेताहरूसँग छलफल गरिरहेको हो।

परामर्शमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, श्रम संस्कृति पार्टीका महामन्त्री आरेन राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि सहभागी छन्।

निर्वाचनको मिति र प्रक्रियाका विषयमा राजनीतिक दलहरूको धारणा बुझ्दै आयोगले आगामी निर्वाचनलाई व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारीका लागि परामर्श अघि बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *