होटल भियनामा सीआईबी छापा, हुण्डी कारोबार भएको आशंका
काठमाडौं, २५ वैशाख । बेल्जियम नागरिक दावा छिरिङ समेतको लगानी रहेको होटल भियनामा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छापा मारेको छ ।
हुन्डी कारोबार भएकाे आशंकामा सीआईबीले ठमेलस्थित होटल भियनामा छापा मारेको बताइएको छ ।
हुण्डी रकमसहित केही व्यक्तिलाई पक्राउ गरिएको सीआईबी स्रोतले बताएको छ । तर, यसबारे सीआईबीले भने केही पनि सार्वजनिक गरेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको बताएकाे छ ।