कोशीका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत

विराटनगर, ३१ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत माग्नुभएकाे छ ।

सोमबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत माग्नुभएकाे हाे । अहिले प्रदेशसभा बैठक जारी छ ।

सरकार गठनकाे प्रक्रिया सम्बन्धी मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन रहेकाे अवस्थामा मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बाेलाएकाे बैठकमा नेपाली कांग्रेस अनुपस्थित भएको छ ।

मुख्यमन्त्री कार्कीले एमाले संविधान मान्ने पार्टी रहेकाे भन्दै जनताकाे विश्वास टुट्न नदिने बताउनुभयाे ।

मुख्यमन्त्री कार्कीलाई नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीलगायतले समर्थन गरेका छन् ।