जसपाका मन्त्रीले लिए शीतल निवासमा शपथ

काठमाडौं, ३१ वैशाख । जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा सहभागी हुनुभएका मन्त्रीले आज शपथ लिनुभएकाे छ ।

जनता समाजवादी पार्टीबाट सहभागी हुनुभएका प्रदीप यादव र हसिना खानले सोमबार शपथ लिनुभएकाे हाे ।

राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्री बन्नुभएका यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले र राज्यमन्त्री बन्नुभएकी खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराउनुभएकाे छ ।

यादवलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ भने खानलाई स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीको जिम्मेवारी दिइएकाे छ ।

जसपा नेपाल सरकारबाट बाहिरिएपछि अशोक राई नेतृत्वको नवगठित जसपा सरकारमा सहभागी भएको हो । जसपाले रञ्जु झालाई पनि मन्त्री बनाउन प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो ।