दोलखामा मलामी जाँदै गरेकाे गाडी दुर्घटना, १४ जना घाइते
काठमाडाैं, २ जेठ । दोलखामा मलामी जाँदै गरेकाे गाडी दुर्घटना परेकाे छ ।
दोलखाको सत्येश्वर–सिम्टे सडकखण्ड अन्तर्गत मेलुङ गाउँपालिकाको भटमासेमा मलामी जाँदै गरेकाे बोलेरो गाडी दुर्घटनामा परेकाे हाे ।
बागमती प्रदेश ०१०२६ च ९८१३ नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
दुर्घटनास्थलमा उद्धारकार्य जारी छ । थप विवरण आउन बाँकी छ ।