त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संकटकालीन नमुना अभ्यास

काठमाडौं, २८ जेठ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संकटकालीन नमुना अभ्यास गरिएको छ।

सोमबार दिउँसो १ बजेदेखि १:३० बजेसम्म जहाज उडान र अवतरणलगायत काम राेकेर विमानस्थलमा यस्ताे अभ्यास गरिएकाे हाे ।

हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बद्ध विभिन्न निकायको सहभागितामा नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले संकटकालीन योजनाअनुसार गरिने विभिन्न नमुना अभ्यास गरेकाे थियाे ।

कार्यालयका अनुसार सो क्रममा जहाज दुर्घटनामा परेका खण्डमा कसरी उद्धार गर्नेजस्ता अभ्यास गरिएको थियो।

संकटका अवस्थामा सहभागी हुने निकायबीच सहयोग अभिवृद्धि गर्न र दुर्घटनाका बेला जनधनको क्षति न्यून गराउन यो अभ्यास गरिएको नागरिक उड्डयन कार्यालयले जनाएकाे छ ।

उड्डयन कार्यालयका अनुसार अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड तथा त्रिभुवन विमानस्थलको योजनाअनुसार यो अभ्यास गरिएको हो।