एसइईको नतिजा भोली सार्वजनिक हुने

काठमाडौं, १२ असार । आज सार्वजनिक हुने भनिएकाे यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा भोली सार्वजनिक हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले प्राविधिक समस्याका कारण बिहीबार नतिजा सार्वजनिक गर्ने जनाएको हाे ।

यसका लागि सम्पूर्ण तयारी पुरा भइसकेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

गत चैत १५ गते सुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी भएका थिए ।