सुरक्षासंगै सरसफाइमा पनि सकृय रामेछाप प्रहरी

रामेछाप, ४ साउन । जिल्ला प्रहरी कार्यालय रामेछापका सुरक्षा विभिन्न निकायका सुरक्षाकर्मीहरू सरसफाइमा पनि जुटेकाे छ ।
रामेछाप जिल्लामा पछिल्लो समय आफ्ना नियमित सुरक्षासँगै सरसफाइ र वातावरण संरक्षणका क्षेत्रमा समेत सुरक्षा निकायकाे सक्रियता देखिएको छ ।
प्रहरीले मन्थलीस्थित प्रहरी चौकीदेखि बसपार्कसम्मको सडक सरफाई गरेको हाे । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय रामेछापकाे आयोजनामा उक्त सडक सरसफाई कार्यक्रमा गरिएकाे हाे ।
प्रहरीले प्रत्येक हप्ताको शुक्रवार एक घण्टा सदरमुकाम मन्थली बजार क्षेत्रको सरसफाइ गर्दै आएको छ । सरसफाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, रामेछाप, सशस्त्र प्रहरी, सामुदायिक प्रहरी र रामेछाप उद्योग वाणिज्य सङ्घ, तथा मन्थली नगरपालिका को सहभागितामा रहेकाे थियाे ।
प्रहरीले साप्ताहिक सरसफाइ कार्यक्रमको दोस्रो हप्ता आज (शुक्रवार) जिल्ला प्रहरी कार्यालयबाट मालपोत कार्यालय, रेडक्रस लाइन हुँदै देवकोटा चोक सडक खण्डको सरसफाइ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहको नेतृत्वमा सरसफाइमा निस्किएको प्रहरी टोलीले सडकमा जथाभाबी फालिएका फोहोर मैलाको व्यवस्थापनसँगै आफ्नो व्यवसाय अगाडी फोहोर राख्ने डस्टविन अनिवार्य राख्न व्यवसायीहरूलाई आग्रह पनि गरेको छ ।
यस अघि गत शुक्रवार जिल्ला प्रहरी कार्यालय रामेछापको मूल गेट देखी ओम शान्ति चोक हुँदै मन्थली बसपार्क सम्म सवारी आवागमनलाई अवरोध सिर्जना गर्ने रुख बिरुवा तथा झाडीहरू फडानी तथा सडक बाटोमा रहेको मानव निर्मित फोहोरहरूको व्यवस्थापन गरेको थियो ।