चितवन राष्ट्रिय निकुञ्जमा पोथी गैंडा मृत फेला

चितवन, ८ साउन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमापर्ने भरतपुर महानगरपालिका–२६ भगडीमा आज दुर्लभ एकसिङ्गे पोथी गैँडा मृत फेला परेको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जको कालाबञ्जर मध्यवर्ती उपभोक्ता सामुदायिक वन क्षेत्रमा बुढो उमेरको देखिने पोथी गैँडा मृत फेला परेको हो ।

मृत गैँडाको खाग र खुर सुरक्षित रहेको तिवारीले जानकारी दिनुभयो । उहाँले मृत गैँडाको शरीरमा चोटपट तथा घटनास्थलमा कुनै शङ्कास्पद वस्तु नभेटिएको हुँदा बुढो भएर कालगतीले मरेको हुनसक्ने बताउनुभयो ।

निकुञ्जको प्राविधिक टोली घटनास्थलमा पुगिसकेको र पोस्टमार्टम गरेपछि मृत्युको कारण थाहा हुने उहाँले बताउनुभयो ।