रेलले च्यापिएर धनुषामा एक युवककाे दुवै खुट्टा चुँडियाे
काठमाडाैं, १२ साउन । धनुषामा रेलले च्यापिएर एक युवककाे दुवै खुट्टा चुँडिएकाे छ ।
भंगहा -जनकपुर – जयनगर रेल्वेको लिकमा परेर जनकनन्दनी गाउँपालिका- ३ महुवाका मिश्री दासकाे अन्दाजी ३५ बर्षिय छोरा श्रीराम दासको दुवै खुट्टा चुँडिएकाे हो ।
रेलको लिक छेउबाट हिडिरहेका युवक शनिबार बिहान सवा ११ बजे धनुषाको खजुरीस्थित रेल आएपछि अलमलिएर रेलकै लिकमा परेका हुन् ।
जयनगरबाट फर्किरहेको रेलले हर्न दिएपछि उनी अलमलिएर रेलकै लिकमा परेपछि दुबै खुट्टा गुमेको रेल्वे विभागका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रवक्ता दयाराम पौडेलले जानकारी दिए ।