कीर्तिपुरको याकः मिसालाई पहिलो पल्ट “दक्षिणा दरवन्दी”
काठमाडाैं, १४ साउन । ललितपुरकाे रातो मच्छिद्रनाथको रथजात्रासँग सम्बन्धित कीर्तिपुरका याकः मिसालाई पहिलो पल्ट “दक्षिणा दरवन्दी” (वार्षिक रूपमा दिइने रकम) प्रदान गरिएकाे छ ।
गुठी संस्थान कार्यालय ललितपुरले हरेक वर्ष मच्छिद्रनाथको रथजात्राकाे समयमा पानेजुले कीर्तिपुरका याकः मिसालाई फूलप्रसाद चढाउने दिनमा वार्षिक रु.५५५५।(पाँच हजार पाँच सय पचपन्न) रूपैयाँ प्रदान गरिने गरि आज प्रदान गरिएकाे हाे ।
फूलप्रसाद चढाउन जाने समयमा गुठी संस्थानका प्रतिनिधिसहित गएर हरेक वर्ष “दक्षिणा दरवन्दी” प्रदान गरिने निर्णय भएकाे छ भने “दक्षिणा दरवन्दी” दुई वर्षमा १० प्रतिशतका दरले बढाउँदै जाने कार्यविधि बमोजिम निर्णय गरिएकाे छ ।



