मुगु जिप दुर्घटनाका दुई घाइते थप उपचारका लागि सुर्खेत पठाइए
मुगु, ३० कात्तिक । मुगुमा जिप दुर्घटनामा घाइते भएका दुई जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत पठाइएको छ ।
काठमाडौँबाट रारा तालतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०१७ च १८६४ नम्बरको जिप आइतबार छायाँनाथ रारा नगरपालिका–७ टोप्लास्थित भिरबाट करिब ६०० मिटर तल खसेको थियो ।
दुर्घटनामा घाइते भएका चालक ललितपुरका कञ्चन थापा र अञ्जु थापालाई थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो ।
दुर्घटनामा जिपमा सवार पाँच जनामध्ये काठमाडौँ कलङ्कीका विजय बस्नेत, रमेश पिडारी र पूर्णकुमार थापाको मृत्यु भएको थियो ।
मृतक तीनै जनाको शव परीक्षणपछि आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ ।
