मन्त्रिपरिषद्ले पायो पूर्णता

काठमाडौं, १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीकाे सरकारले पूर्णता पाएकाे छ ।
आज तीन राज्यमन्त्री नियुक्तसंगै प्रधानमन्त्री ओलीकाे सरकारले पूर्णता पाएकाे हाे ।
उहाँले कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट एक राज्यमन्त्री नियुक्त गर्नुभएकाे छ ।
कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ र नाउपाबाट अरुण चौधरी राज्यमन्त्री नियुक्त हुनुभएकाे छ ।
नाउपाबाट चौधरी लाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, कांग्रेसबाट रुपालाई वन तथा वातावरण र पूर्णबहादुरलाई ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्री बनाइएको छ ।