कीर्तिपुर स्थित बागभैरब मन्दिरमा मूर्ति प्रतिस्थापनका निमित्त हस्तान्तरण

काठमाडाैं, १ भदाै । कीर्तिपुर स्थित बागभैरब मन्दिरमा मूर्ति प्रतिस्थापनका निमित्त हस्तान्तरण गरिएकाे छ ।

ल्हामो ह्याण्डीक्राफ्टका संस्थापक स्व.वीरेन्द्रकुमार अवालेको स्मृतिमा बाघभैरव स्वर्ण शक्ति भैरवको मूर्ति मन्दिरमा प्रतिस्थापनका निमित्त हस्तान्तरण गरिएको हाे ।

करिब १ वर्षको समय लगाएर ल्हामो ह्याण्डीक्राफ्टका १५–२० जना कालीगढको समुहले यस मुर्ति बनाएका हुन् ।

यस मुर्तिको उचाइ ३ फिट रहेको छ । कीर्तिपुरमा आज मनाइने बाग भैरव जात्राको प्रमुख आकर्षणको रूपमा रहने यो सुनको मूर्ति विधिवत पूजा र प्रतिष्ठान गरि स्थापना गरिने छ ।

मुर्ति २५० जना भन्दा बढी स्थानीयले परम्परागत भेषभुषा र बाजागाजासहित यो मूर्ति पाटनबाट हिजाे कीर्तिपुर पुर्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *