प्रधानमन्त्री ओली र सभापति देउवाबीच छलफल
काठमाडौं, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएकाे छ ।
उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री निवासमा आज अपराह्न भएको भेटमा उहाँहरुबीच सरकार सञ्चालन तथा भावी योजनाबारे विचारविमर्शको भएको जनाइएकाे छ ।