रामेछापकाे मन्थलीमा चोरीका घट्ना नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय सकृय

रामेछाप, ३ भदाै । रामेछापमा बढदै गएकाे चोरीका घट्ना नियन्त्रणमा प्रहरीकाे सकृयतासंगै नियन्त्रण भएकाे छ ।

जिल्लामा चोरीका घट्ना बढदै गएपछि प्रहरीले नियन्त्रणका लागि सकृयता बढाएकाे हाे । जिल्ला प्रहरी कार्यालय रामेछापले आइतवार पत्रकार सम्मेलन गरेर सँगै चोरी गर्ने समूहलाई सार्वजनिक गरेकाे छ ।

गत साउन ३१ गते मन्थली नगरपालिका वडा नं –१ स्थित कुमलटारमा रहेको विर बहादुरको घरमा लगाइएको ताला फोडेर चोरी गर्ने मकवानपुर जिल्ला, हेटौडा उप–महानगरपालिका वडा नं –१ लाल झण्डी स्थायी ठेगाना भई हाल मन्थली न.पा.वडा नं –१ बस्ने वर्ष ४५ का राजकुमार विश्वकर्मा, मन्थली न.पा.–१ बसपार्क बस्ने ३४ बर्षिय हर्क वहादुर भुजेल, सिन्धुली तीन पाटन गाँउपालिका वडा नं–२ बस्ने वर्ष ४५ का नरेश लामालाई सम्मेलनमा सार्वजनिक गरिएकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रदिप कुमार सिंङले बताउनुभयाे ।

त्यसैगरी चोरीगरिएका सामाग्री मिलेमतोमा किन्ने जय मा भगवती कवाडी सप्लायर्स का सञ्चालक महोत्तरी जिल्ला रामगोपालपुर नगरपालिका वडा नं–४ स्थायी घर भई हाल मन्थली नपा –१ बस्ने वर्ष ३५ कि बबिता कुमारी चौधरी र बारा जिल्ला सिम्रौन्गढ नगरपालिका वडा नं ७ स्थायी ठेगाना भएका २५ बर्षिय सुरेन्द्र मुखियालाई प्रहरीले पक्राउ गरी चोरी गरिएको सामान समेत वरामद गरेको थियो ।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी एबं प्रहरी निरीक्षक कौशल न्यौपानेले साउन ३१ गते नै मन्थली नपा वडा नं–४ सामलस्थन स्थित सोम वहादुर खत्रीको घरवाट चोरी गरिएको मोवाइल र नगद सहित २ जनालाई प्रहरीले पक्रउ गरेको बताउनु भएको थियो ।

उहाका अनुसर यसरी पक्राउ पर्नेमा सर्ला्ही जिल्ला ब्रम्ह्पुर नगरपालिका वडा नं –६ स्थायी वसोवास गर्ने अन्दाजी ४० बर्षकी कुुसुम कुमारी, सोहि स्थानमा बस्ने १९ वर्षकी सुनिता कुमारी र भारत विहार दोस्तीया थाना वडा नं –७ बस्ने अन्दाजी ३२ बर्षिया तपेश्वर महत्तो लाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेका बताउनुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रदिप कुमार सिंङले रामेछाप सदरमुकाम मन्थली तथा आसपासको क्षेत्रमा केहि समययता चोरीको घटना बढेकोले प्रहरीले निगरानी पनि बढाएको बताउनुभएकाे छ । उहाँले एकसाता देखि मन्थली बजारमा थप प्रहरी परिचालन गरेर रातको समयमा हिडडुल गर्ने जो कोहीलाई चेकजाँच गर्ने र शंकास्पद ब्यक्तिहरुलाई नियन्त्रणमा लिने गरिएको पनि बताउनुभयाे ।