एसिया अन्तराष्ट्रिय लायन्स बेष्ट प्रेशिडेन्ट अवार्डबाट सिन्धुका राजेश हिमालय सम्मानित
काठमाडाैं, ६ भदाै । एसिया इन्टरनेशनल लायन्स बेस्ट प्रेसिडेन्ट अवार्ड २०२४ बाट लायन्स क्लब अफ काठमाडाैं फेलाेसिपका पूर्व प्रेसिडेन्ट राजेश हिमालय सम्मानित भएका छन ।
भुकम्प, बाढीपहिराे जस्ता विपद्जन्य अवस्थामा सामाजिक काममा याेगदान पुर्याएकाे भन्दै लायन्स क्लब अफ काठमाडाैं फेलाेसिपका पूर्व प्रेसिडेन्ट हिमालयलाई थाइल्यान्ड को राजधानी बैंककमा आयोजित एक समारोहका बिच एसिया इन्टरनेशनल लायन्स बेस्ट प्रेसिडेन्ट अवार्ड २०२४ बाट सम्मान गरिएकाे हाे ।
लायन्स क्लब अफ काठमाडाैं फेलाेसिप ड्रिस्टीक एफद्वारा मनाेनयनमा परिसकेेकाे राजेश हिमालयले नेपालबाट वितरण हुने लायन्स बेस्ट प्रेसिडेन्ट अवार्ड नपाएपनि एसिया इन्टरनेशनल लायन्स बेस्ट प्रेसिडेन्ट अवार्ड पाउन सफल भएकाे छ ।
ड्रिस्टीक एफकाे फितलाे मनाेनयन शैलीले अन्यायमा पर्नुभएका हिमालयले नेपालबाट नपाएकाे अन्तराष्ट्रिय स्तरकाे याे अवार्ड अर्काकाे देशबाट पाउँदा गाैरवान्दीत भएकाे बताउनुभयाे ।
हिमालयले लायन्स क्लब अफ काठमाडाैं फेलाेसिपका प्रेसिडेन्ट हुँदा हालैमात्र जाजरकोटमा गएको भुकम्पपिडीतहरुका लागि करिब १५ लाख बराबरको लत्ताकपडा, त्रीपाल लगायतका सामग्रीहरु भाैगाेलिक बिकट जिल्ला जाजरकोटमा गएर आफैले वितरण गरेका थिए । उहाँले देशभरीका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरूमा शैक्षिक समाग्रीलगाएत खेलकुदका समाग्रीहरूपनि सहयोग गर्दै आइरहनुभएकाे छ ।
उहाँले शैक्षिक क्षेत्रमा काम गर्दै आइरहेकाे इसिएलएफ नेपालसंगकाे सहकार्यमा देशभरीका विभिन्न विद्यालयमा सयाैं कार्यक्रमहरू गरिसक्नुभएकाे छ । उहाँले रत्न छत्र हिमालय फाउण्डेसन स्थापना गरी शैक्षिक अभियान मार्फत विभिन्न विद्यालयहरूमा शैक्षिक समाग्रीलगाएत खेलकुदका समाग्रीहरू सहयोग गर्दै आइरहनुभएकाे छ ।
कार्यक्रम शैलि मिडिया नेटवर्क प्रा.लिको ८ औं बार्षिक उत्सवको अवसरमा बैककमा आयाेजना गरिएकाे थियाे ।
सोही अवसरमा आमाछोदिङो गाउँपालिका रसुवाका अध्यक्ष भुचुङ तामाङ , एनआरएन कुमार कार्की ,सम्पादक श्याम स्मृत, साहित्यकार बिक्रम ध्वज जोशी, गीतकार प्रकाश कुइँकेललगायतका व्यक्ति हरुलाई पनि विभिन्न बिधामा सम्मान गरीएको थियो। कार्यक्रममा विभिन्न देशका लायन तथा एनआरएन हरुको उपस्थिती रहेको थियो ।