मन्त्रिपरिषद् बैठक आज बस्दै, मुख्य सचिव नियुक्तिको तयारी

काठमाडौं, १३ भदाै । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आज साँझ ५ बजे बोलाइएको हो ।

हालकी मुख्य सचिव लिलादेवी गड्तौला ५८ वर्षे उमेर हदका कारण यही भदौ १५ गते अनिवार्य अवकाशमा जान लाग्नुभएकाेले नयाँ मुख्य सचिव नियुक्तिको तयारी गरिएको हो । गड्तौला १० साउनमा मुख्य सचिव नियुक्त हुनुभएकाे थियाे । उहाँ नेपालको पहिलो महिला मुख्य सचिव हुन् ।

गडतौलाको अवकाश हुने समय हुँदै गर्दा अब बन्ने मुख्य सचिव को भन्ने विषयमा भने निकै धेरै चाँसो देखिन्छ । ज्येष्ठतासँगै निर्णायक क्षमतासमेतलाई आधार बनाई राजनीति तथा कर्मचारी वृत्तमा चर्चा परिचर्चा भई रहेको छ ।