प्रचण्ड निवासमा एमालेका नेताहरुको भेटवार्ता ।। बालेनको परिपत्रका संवन्धमा गम्भीर छलफल ।। पुनरावलोकनमा जाँदा समर्थन हुने ।।।

काठमाडौं । नेकपा माओवादी केन्द्रक अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग नेकपा एमालेका नेताहरुले भेटवार्ता गरेका छन्। प्रचण्डको खुमलटार स्थित निवासमा पुगेर एमालेका नेताहरुले प्रचण्डसंग भेटवार्ता गरेका हुन्।

नेकपा एमाले बागमती प्रदेश इन्चार्ज राजन भट्टराईको नेतृत्वमा एमाले नेताहरू रामेश्वर फुयाँल, विद्यासुन्दर शाक्य लगायत प्रचण्डलाई भेट्न बिहीबार खुमलटारस्थित निवास पुगेका हुन्।

नदी किनारका जमिन र बस्तीका विषयमा सर्वोच्च अदालतले गरेको फैसला र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जारी गरेको परिपत्रका सम्बन्धमा छलफल गर्न एमाले नेताहरू प्रचण्ड निवास खुमलटार पुगेको खुलासा भएको छ।

समाचार स्रोतका अनुसार, एमाले नेताहरुसंगको भेतवार्तामा प्रचण्डले अदालतको फैसलाका कारण उत्पन्न समस्याका विषयमा सरकार पुनरावलोकनमा जानुपर्ने बताएका थिए। त्यसका लागि अध्यक्ष दाहालले पार्टीबाट पनि औपचारिक निर्णय गराउने प्रतिवद्धता जनाएका थिए।

सरकारले भ्याकेटमा जाँदा आफ्नो दलको समर्थन रहने प्रचण्डले भनेका छन्। यसअघि, एमाले नेताहरूले सोही विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पनि ध्यानाकर्षण गराएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *