बोल्ड एण्ड व्युटीफुल नायिका ऋचा घिमिरेको तीज ब्रत

काठमाडौं। पचासको दशकमा अत्यन्त चर्चामा रहेकी बोल्ड एण्ड व्युटीफुल नायिका ऋचा घिमिरे लामो अमेरिका प्रवास पश्चात नेपाल आएकी छन्।

नेपालमा पारिवारीक भेटघाट तथा घुमघाममा व्यस्त नायिका घिमिरे अभिनित पछिल्लो चलचित्र तेल भिसा आगामी मंसीर ७ गते रिलिज हुने भएको छ।

उनै नायिका घिमिरे हिन्दू नेपाली महिला दिदीबहिनीहरुको महान पर्व हरितालिका तीजका सन्दर्भमा आफूले तीज मनाउने गरेको खुलासा गरेकी छन्। तीजमा ब्रत बस्ने गरेको पनि भनेकी छन्।

तीजको ब्रतले आफूलाई फाइदा हुने गरेको खुलासा गर्दै तीजको सम्मान गर्ने महिलाहरु मात्र होइन सवैलाई तीजको शुभकामना पनि भनेकी छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *