नेपालका पहिलो संघनायक भिक्षु प्रज्ञानन्द महास्थविरको देहावसान

ललितपुर। नेपालका पहिलो संघनायक भिक्षु प्रज्ञानन्द महास्थविरका प्रतिभाशाली शिष्य एवं अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त बौद्ध व्यक्तित्व भिक्षु सुनन्द महास्थविरको देहावसान भएको छ । भिक्षुको ७९ वर्षको उमेरमा ललितपुर– १२ शाक्यसिंह विहारमा विहीबार दिउँसो १ः३० बजे देहावसान भएको हो।

५५ वर्ष अघि नेपालका पहिलो संघनायक भिक्षु प्रज्ञानन्द महास्थविरले शाक्यसिंह विहारमा उनलाई भिक्षु बनाएका थिए । भिक्षु हुँदा उनी २४ वर्षको थियो। वि।सं २००२ साल बैशाख १० गते बनेपाको दछुटोलमा जन्मिएका सुनन्दले थाईल्याण्डका राजगुरु सोमदत्त संघराज फ्रा. ञाणसंवर महाथेरोबाट २०२९ साल असार १८ गते (उपसम्पदा) भिक्षुको दिक्षा पुरा गरेका थिए । उनले महामुकुट बुद्धिस्ट विश्वविद्यालय बैंककबाट २०३५ सालमा बी।ए दर्शनशास्त्र (सर्वप्रथम) श्रेणी, बनारस हिन्दू विश्वविद्यालयबाट विसं २०३८ सालमा दर्शनशास्त्रमा एम। ए उतीर्ण गरेका थिए ।

अमेरिकाको हार्वाड यूनिभर्सिटी क्याम्ब्रिजमा अध्ययन गर्न पाउने थोरै मध्येका नेपाली रहेका उनले २०४१ सालमा धर्मशास्त्रमा एम। ए उर्तीण गरेका थिए । अध्ययन कार्य पुरा स्वदेश फकिए लगतै नेपालमा बुद्धधर्मको गहन र प्राज्ञिक अध्ययनका लागि प्रस्तावित सिद्धार्थ विश्वविद्यालय स्थापनाका लागि अगुवाई गर्दै आएका थिए । उनको देहावसानले यो सपना अधुरो बनेको नेपाली बौद्धजगतको विश्लेषण रहेको छ

भिक्षुको बुद्ध दर्शन र धर्म सम्बन्धी नेपाली र अंग्रेजी भाषामा गरी डेढ दर्जन पुस्तक प्रकाशित छन् । ४३ वर्ष अघि लेखनयात्रा शुुरु गरेका भिक्षुका शिष्टाचार, बौद्धधर्म जिज्ञासुलाई जवाफ,बुद्ध धर्म आचरण सम्बन्धी वार्तालाप, बुद्ध र मारः बुद्धधर्मको विश्लेषण,बौद्धधर्मको दृष्टिमा सामाजिक सुधार चर्चित पुस्तकहरु हु्न्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *