प्रहरी प्रवक्ताले ल्याए प्रहरीको पीडा

काठमाडौं। नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले लेखेको नयाँ गीत “फूलको वासना सरी” सार्वजनिक भएको छ। प्रहरीको पीडा र भावना मुखरित भएको गीत सार्वजनिक भएको हो।

यो गीतमा चर्चित संगीतकार दीपक शर्माले संगीत भरेका छन्। गीतमा चारजना चर्चित गायक गायिकाको स्वर रहेको छ। गायक राजेशपायल राई सहित मेलिना राई बेनिसा पौडेल र समीर खरेलको स्वर रहेको छ। गीतको भिडियोमा रमेश उप्रेती प्रियङ्का कार्की, प्रकाश सपुत र बेनिसा पौडेलले प्रहरीको भूमिकामा अभिनय गरेका छन्।

त्यस्तै, गीतको भिडियो निर्देशन पछिल्लो समयका व्यस्त निर्देशक गम्भीर बिष्टले गरेका छन्। गीतको स्टोरी र भिडियो कन्सेप्ट भने सरोज ओलीको रहेको छ। श्यामश्वेत रसाइलीको एरेन्ज रहेको यो गीतको भिडियोमा पवन सुसलिङको सम्पादन तथा छायाङ्कन रहेको छ।