काठमाडाैंकाे टाेखामा निःशुल्क मिर्गौला शिविर

नविना श्रेष्ठ
काठमाडाैं, २० असाेज । स्वस्थ मिर्गौला , स्वस्थ नेपाल भन्ने मूल नाराका साथ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मृगौला रोग स्कृनिङ अभियान अन्तर्गत काठमाडाैंकाे टाेखामा निःशुल्क मिर्गौला परीक्षण शिविर सम्पन्न भएको छ।

संघीय सांसदको कार्यालय काठमाडौँले आयाेजना गरेको निःशुल्क मिर्गौला शिविर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलको अग्रसरतामा टोखा-२ चण्डेश्वरी अस्पतालमा भएकाे हाे ।

स्वास्थ्य शिविरमा ५१० जनाले स्वास्थ्य परीक्षण गरी लाभ लिएका छन् भने शिविर राष्ट्रिय मृगौला उपचार केन्द्र वनस्थलीकाे सहयाेगमा गरिएकाे थियाे ।

स्वास्थ्य शिविरमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर श्रीधर अर्यालले शिविरले सकरात्मक उर्जा थपिएकाे बताउनुभयाे । शिविरमा डक्टर प्रकाश पौडेल ,डाक्टर रिवि कुमार काफ्लेलगाएतका टाेलीकाे सहयाेग रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *