गण्डकी प्रदेशका सांसद दिपक मनाङे हत्या आरोपमा दोषी ठहर, ५ वर्ष कैद सजाय

कास्की, २० कात्तिक । गण्डकी प्रदेशका सांसद एवम् पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेकाे छ।

सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले मनाङेलाई दोषी ठहर गरेको हो।

उनी मनाङ (ख) बाट दोस्रो पटक स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध निर्वाचित भएका थिए।

यसअघि उच्च अदालत पाटनले मनाङेलाई दोषी ठहर गरेपछि उनले उच्चको फैसलाविरुद्ध सर्वोच्चमा गरेको निवेदनमा सर्वोच्चले दावी नपुग्ने ठहर गर्दै उच्चकै फैसलालाई नै सदर गरेको हो।

उच्चले मनाङेलाई ५ वर्ष कैद सजाय सुनाएको थियो। फैसलाअनुसार अब मनाङेले ३ वर्ष कारागारमा बस्नुपर्नेछ। यसअघि नै ज्यान मार्ने उद्योगको अभियोगमा उनी २ वर्ष कारागार बसिसकेका छन्।

संविधानको धारा १७८ मा प्रदेशसभा सदस्य बन्न नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको हुनुपर्ने प्रावधान छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *