बालेनकाे गलत निर्णयका विरूद्ध खवरदारी

उपत्यकाका खोला किनारको मापदण्ड खारेज गर्न माग गर्दै र्‍याली

काठमाडौं, ६ मङ्सिर । काठमाडौं उपत्यकाका नदी तथा खोला किनारका मापदण्ड खारेज गर्न माग गर्दै खबरदारी र्‍याली निकालिएको छ ।

गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति र भूमि अधिकार संरक्षण संघर्ष समितिले संयुक्तरूपमा बिहीबार र्‍याली निकालिएको हो ।

आन्दोलित उनीहरूले ‘जनतालाई उठिबास गर्ने गैर न्यायिक सडक तथा खोला मापदण्ड खारेज गर’ जस्ता नारा लेखिएका ब्यानर तथा प्लेकार्ड बोकेका थिए ।

सर्वोच्च अदालतले नदी तथा खोला किनारमा थप २० मिटर छोड्नुपर्ने आदेश दिएसँगै काठमाडौं उपत्यकाका खोला किनारमा बसाेबास गर्ने जनता तथा अभियन्ता आन्दोलित छन् ।