कीर्तिपुरको मेयरमा कांग्रेसलाई पछ्याउँदै एमाले

काठमाडौं, १७ मङ्सिर । कीर्तिपुरको स्थानीय तह उपनिर्वाचनको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोललाई नेकपा एमालेका उम्मेदवार डा. सुरेन्द्र मानन्धरले पछ्याउँदै छन् ।

मतगणना अनुसार नेपाली कांग्रेसले ३६० मतले अग्रता कायम गरेकाे छ । नेपाली कांग्रेसका डंगोलले २ हजार ४२१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार मानन्धरले २ हजार ६१ मत प्राप्त गरेका छन् ।

नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनले १ हजार ६७४ मत प्राप्त गरेका छन् । केटाकेटी चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका राजमान महर्जनले ९६५ मत प्राप्त गरेका छन् ।