काठमान्डु गुर्खाजले ३ विकेटले हरायो कर्णालीलाई

काठमाडौं, १९ मङ्सिर । नेपाल प्रिमियर लिग एनपीएलमा काठमान्डु गुर्खाजले पहिलो जित हात पारेको छ ।

सोमपाल कामीको कप्तानीङ्गा रहको कर्णाली याक्सलाई ३ विकेटले पराजित गर्दै काठमान्डुले पहिलो जित निकालेको हो ।

कर्णालीले दिएको १५० रनको लक्ष्य काठमान्डुले ३ बल अगावै ७ विकेट गुमाएर १५३ रन बनाउँदै पूरा गरेको छ ।