उपमेयर डंगाेलद्वारा महाँकाल मन्दिर परिसर सत्तल पुनःनिर्माणको शिलान्यास

काठमाडाैं, २४ मङ्सिर । काठमाडौं महानगरपालिका वडा नं २२मा रहेकाे श्री महाँकाल मन्दिर परिसर सत्तल पुनःनिर्माण कार्यको शिलान्यास भएकाे छ ।

काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगाेलले सोमबार सत्तल पुनःनिर्माणको शिलान्यास गर्नुभएकाे हाे ।

परम्परागत शैलीमा पुनःनिर्माण हुने सतल ५८३.८१ वर्गमिटर क्षेत्रफलको हुनेछ । सतलकाे हरेक तलाको क्षेत्रफल १९४.४७ वर्गमिटर छ । सतलकाे जमिन तलामा ९ वटा कोठा हुनेछ भने पहिलो तलामा ३ वटा सभा कक्ष, एउटा कोठा र एउटा भण्डार कक्ष हुनेछ । यस माथि बुइँगल हुनेछ ।

वि. सं. १९९७ सालमा खिचिएको तस्विरका आधारमा पुननिर्माण गरिन लागेको वडा नं २२का वडा अध्यक्ष चिनीकाजी महर्जनले बताउनुभयाे ।