नेपाल प्रिमियर लिग

लुम्बिनीले चितवनलाई दियो जितका लागि १६८ रनको लक्ष्य

काठमाडौँ, २५ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले कप्तान रोहित पौडेल र विदेशी खेलाडी शाद विन जफरको अर्धशतकमा १६७ रनको योगफल तयार गरेको हो ।

प्रतियोगिताको सर्वाधिक रनकर्ता रोहितले ५७ बलमा ८० रन बनाएपछि कमजोर सुरुवात गरेको लुम्बिनीले चुनौतीपूर्ण स्कोर दिन सफल भएको हो ।

उनले ६ चौका र ५ छक्का प्रहार गर्दै क्यानडाका पूर्व कप्तान साद बिन जाफरसँग पाँचौं विकेटका लागि ७० बलमा १ सय १४ रनको साझेदारी गरेका थिए ।