नेपाल प्रिमियर लिग

कर्णालीलाई हराएसंगै सुदूरपश्चिम शीर्षस्थानमा

काठमाडौ, १ पुष । नेपाल प्रिमियर लिग (एनपीएल) को अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई पराजित गरेको छ ।

कर्णालीलाई हराएसंगै सुदूरपश्चिम लिगको अंकतालिकामा शीर्ष स्थान कायम भएकाे छ । कर्णालीले दिएको १०२ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १५ ओभर २ बलमा ४ विकेट गुमाएर पुरा गर्‍यो ।

सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले अलराउन्डर प्रदर्शन गरे । उनले ब्याटिङ २९ बलमा ३८ रन बनाए । बलिङतर्फ उनले २ विकेट लिए । ब्याटिङमा उनले इशान पाण्डेसँग चौथो विकेटका लागि अर्धशतकीय साझेदारी गरेका थिए । इसान ३८ रनमा अविजित रहे । कर्णालीको बलिङमा कप्तान सोमपाल कामी, विपिन शर्मा र नन्दन यादवले एकएक विकेट लिए ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णाली निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०१ रन बनाएको थियो ।

हारका बाबजुद कर्णाली प्लेअफमा स्थान बनाएको छ । काठमाडौंलाई रनरेटमा पछि पार्दै कर्णालीले प्लेअफमा स्थान बनाएको हो ।