चार ठूला दलका प्रमुख सचेतकहरुबीच सिंहदरबारमा छलफल

काठमाडौं, ४ माघ । प्रतिनिधि सभाका चार ठूला दलका प्रमुख सचेतकहरुबीच छलफल भएको छ। सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा मुख्य दलहरूका प्रमुख सचेतकहरुबीच छलफल भएको हो।
छलफलमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँला, नेपाली कांग्रेसका श्याम घिमिरे, माओवादी केन्द्रका हितराज पाण्डे र रास्वपा सन्तोष परियार सहभागी हुनुहुन्छ ।
सरकारले संसद अधिवेशन बोलाउने तयारी गरेपछि सदनलाई प्रभावकारी ढंगले चलाउने विषयमा प्रमुख दलका प्रमुख सचेतकहरू छलफलमा जुटेका हुन्।
छलफलमा संसदीय काम कारबाहीलाई प्रभावकारी ढंगबाट अगाडि बढाउनेबारे केन्द्रित भएको एमालेका प्रमुख सचेतक बर्तौँलाले बताउनुभयाे ।
सरकारले संसदलाई दिएको विधेयकहरु छिटोछरितो ढंगबाट कानून निर्माणको तहमा पुर्याउन संसदीय दलहरुले भुमिका खेल्ने विषयमा छलफल भएको उहाँले बताउनुभयाे ।