क्रिकेटर सन्दीप लामिछानेलाई कारवाही गर्ने क्यानको निर्णय

काठमाडौँ, ८ माघ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेलाई कारवाही गर्ने निर्णय गरेको छ ।

क्यानको आचारसंहिताविरूद्ध सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेको भन्दै क्यानले उनलाई क्यानले आयोजना गर्ने प्रतियोगितामा एक खेल प्रतिबन्ध गरिएको हो ।

क्यानले अब आयोजना गर्ने जुनसुकै प्रतियोगिताको एक खेल सन्दीपले खेल्न पाउने छैनन् । सन्दीपले माघ पहिलो साता सकिएको जय ट्रफी एलिट कपमा अम्पायरको निर्णयमा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा लेखेका थिए ।

सन्दीपले जय ट्रफीमा बागमती प्रदेशको कप्तानी गरेका थिए। जनकपुरमा पुस २५ गते त्रिभुवन आर्मी क्लबविरुद्ध भएको खेलको विषयमा अम्पायरले गलत निर्णय गरेको भन्दै सामाजिक सञ्जालमा लेखेका थिए ।