बाँकेका ज्येष्ठ तथा अशक्त नागरिकलाई कम्बल वितरण

बाँके, १५ माघ । बाँकेको जाडोग्रस्त क्षेत्रमा ज्येष्ठ नागरिक र अशक्त व्यक्तिहरूका लागि राहत वितरण गरिएको छ।

जिल्ला विपद् व्यवस्थापन केन्द्रका अनुसार आठ स्थानीय तहमा एक हजार तीन सय ५९ कम्बल वितरण गरिएको हाे।

सबैभन्दा बढी बैजनाथ गाउँपालिकामा ५८४, कोहलपुर नगरपालिकामा ४७५ र खजुरा गाउँपालिकामा ३०० थान कम्बल वितरण भएको छ। साथै स्थानीय तहका विभिन्न चोकमा आगो ताप्ने व्यवस्था मिलाइएको छ र केही ज्येष्ठ नागरिकलाई फाइबर सिरक पनि दिइएको छ।

विपद् व्यवस्थापन समितिले वन डिभिजन कार्यालयबाट सहुलियत दरमा ६१ क्विन्टल दाउरा खरिद गरी वितरण गरेको छ। अझै पनि नेपालगञ्ज उपमहानगरपालिका, खजुरा, जानकी, राप्तीसोनारी लगायतका स्थानीय तहमा कम्बल मौज्दात रहेको र वितरण कार्य जारी रहेको सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो।

चिसो बढेपछि यहाँका विद्यालयहरूले माघ ९ देखि १३ गतेसम्म जाडो बिदा दिएका थिए। नेपालगञ्ज क्षेत्रमा बिहानीपख बाक्लो हुस्सु लाग्ने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *