च्याम्यिन्स ट्रफीमा सेमिफाइनल पुग्ने चारै टिमको छिनोफानो
काठमाडौँ, १८ फागुन । दक्षिण अफ्रिका इङ्गल्यान्डलाई सजिलै सात विकेटले हराएर च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा पुगेको छ ।
पाकिस्तानको कराचीस्थित नेसनल स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले. ३८.२ ओभरमा अलआउट भएर मात्र १७९ रनमा बनाएको थियो । दक्षिण अफ्रिकाले सहज लक्ष्य २९.१ ओभरमा तीन विकेटको क्षतिमा प्राप्त गर्यो । रस भान डर डुसेन र हेनरिक क्लोसने तेस्रो विकेटका लाग १२७ रनको साझेदारी गरेपछि इङ्गल्यान्ड खेलमा फर्किन सकेन । दक्षिण अफ्रिका समूह बी विजेताको रुपमा अन्तिम चारमा पुगेको हो । सो समूहबाट अस्ट्रेलियाले पनि सेमिफाइनलमा स्थान बनाइसकेको छ । यसैगरी अर्को समूहबाट भारत र न्युजिल्यान्ड पनि सेमफाइनल पुगिसकेका छन् ।
दक्षिण अफ्रिकाका लाग डुसेनले ८७ बलमा छ चौका र तीन छक्का प्रहार गरेर अविजित ७२ रन बनाए । क्लासेनले ११ चौकासहत ५६ बलको सामना गरी ६४ रनको पालि खेले । इङ्ग्ल्यान्डका लागि जोफ्रा आर्चरले दुई र लायम लिभिङस्टनले एक विकेट लिए ।
यसअघि, इङ्गल्यान्डका लाग जोय रुटले सर्वाधक जो रुटले सर्वाधिक ३७ रन बनाएका थिए । इङ्गल्यान्डको पालि कमजोर बनाउने काम तेज बलर मार्को यान्सेनले गरे । उनले शीर्ष तीन ब्याट्सम्यानलाई आउट गरेका हुन् । मल्डरले पनि तीन विकेट लिए । यसैगरी प्रमुख स्पीनर केशव महाराजको भागमा दुई विकेट पर्यो ।
यस च्याम्पियन्स लिगमा इङ्गल्यान्डले एक खेल पनि जित्न सकेन । एजेन्सी