क्यानको वार्षिक क्यालेन्डर सार्वजनिक
काठमाडौँ, २४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार सन् २०२५ मा नेपाली क्रिकेटको गतिविधिसहितको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । ग्त जनवरीदेखि आगामी डिसेम्बरसम्मको वार्षिक क्यालेन्डरमा आइसिसी विश्वकप लिगलगायत टि२० अन्तर्राष्ट्रिय र एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला रहेका छन् । सो क्यालेन्डरमा नेपालको पुरुष, महिला र उमेर समूह टिमहरुल्ले खेल्ने प्रतियोगिता र मितिको खुलासा गरिएको छ ।
जनवरी र फेबु्रअरीमा एएम कप, महिला टि२० त्रिदेशीय प्रतियोगता, आइसीसी महिला यु१९ क्रिकेट जस्ता प्रतियोगता सम्पन्न भइसकेका छन् ।