काठमाडौं विश्वविद्यालयको उपकूलपतिमा प्रा.डा. अच्युत वाग्ले नियुक्त

काठमाडौं, ४ चैत । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा. डा. अच्युत वाग्ले नियुक्त भएका छन्।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले वाग्लेलाई केयुको उपकूलपति नियुक्त गरेको हो ।

नेपाली कांगेसका नेतृ आरजु देउवाको विशेष प्रिय पात्र भएको हुनाले उनकै दबाबमा नेपाल सरकारले वाग्ले लाई उपकुलपित जस्तो गरिमामय पदमा नियुक्त गरिएको स्रोतले  जनाएको छ ।  सिफारिस समितिका एक सदस्यका अनुसार उनको क्रम १० नं भन्दा पनि तल थिए । तर धेरै नै राजनैतिक दबाब र विदेशी एजेन्टहरुको दबाबमा नेपाली कांग्रेसको भागमा परेको काठमााडौं विश्वविद्यालयमा उनलाई नियुक्ती गर्न कुलपनि बाध्य भएको स्रोतले जनाएको छ ।