मोरङमा आगलागीबाट २ बालबालिकाको मृत्यु, आगोले ८ घर जल्याे

काठमाडाैं, ५ चैत्र । मोरङको धनपालथान गाउँपालिका- ६ कदमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको छ ।
आगलागीमा परी मृत्यु भएका बालबालिकाको परिचय भने खुलेको छैन । आगलागीमा परेर ८ घर जलेकाे स्थानीयले जनाएकाे छ ।
आगलागी भएकाे स्थानमा चर्को घाम र हावा चलेका कारण आगो निभाउन समस्या भएको मोरङ प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए ।
अहिले प्रहरी, स्थानीय र दमकलको सहायतामा आगो नियन्त्रण प्रयास भइरहेको छ । आगलागीको कारण नखुलेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएकाे छ ।