नवनियुक्त प्रहरी कर्मचारीहरुलाई डिएसपी सिंहद्वारा दर्ज्यानी चिन्ह प्रदान
रामेछाप, ७ चैत्र । जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत नवनियुक्त प्रहरी कर्मचारीहरुलाई प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदीप कुमार सिंहद्वारा दर्ज्यानी चिन्ह प्रदान गरिएकाे छ ।
तालुक नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग,कर्मचारी प्रशासन शाखाको विभिन्न मितिमा प्राबिधिक प्रहरी सञ्चार समूह तर्फका प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायब निरीक्षक पदमा र प्रहरी बरिष्ठ हबल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा हुनु भएका प्रहरी कर्मचारीहरूलाई डिएसपी सिंहद्वारा दर्ज्यानी चिन्ह प्रदान गरिएकाे हाे ।
प्रहरी कार्यालय रामेछापमा कार्यरत प्रहरी कर्मचारीहरूलाई डिएसपी सिंहले दर्ज्यानी चिन्ह प्रदान गर्दै आगामी कार्यकालका सफल पार्न शुभकामना ब्यक्त गर्नुभएकाे थियाे । जिल्ला प्रहरी कार्यालय रामेछाप विभिन्न सामाजिक कार्यहरूमा अग्रसर रहँदै आएकाे छ ।
