हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा

काठमाडौं, १७ चैत । नेपाल विद्युत प्राधिकरणका पदमुक्त कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य दुवैले दायर गरेको रिट निवेदन हेर्न नमिल्ने भएको छ।

आज प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश शारंगा सुवेदीको संयुक्त इजलासमा दुवै रिटको सुनुवाइ तोकिएको थियो।

न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले शुक्रबार दुवैजनाको रिट एकैसाथ राखेर सुनुवाइ गर्न आदेश दिएको थियो।

कुलमान घिसिङले आफूलाई पुनर्बहाली गर्न माग गर्दै रिट दायर गरेका छन् भने हितेन्द्रदेव शाक्यले आफूलाई गैरकानूनी रूपमा हटाइएको भन्दै यसअघि नै रिट दायर गरेका थिए, जुन विचाराधीन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *