सुनसरी देवानगञ्ज गोली काण्ड, २ जना पक्राउ

काठमाडौं, २ वैशाख । सुनसरीको देवानगञ्जमा अज्ञात समूहद्वारा भएकाे गोली प्रहार घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

प्रहरी स्रोतकाअनुसार पक्राउ पर्नेहरूमा देवानगञ्ज–१ का २७ वर्षीय रवीनकुमार यादव र सोही ठाउँका २१ वर्षकै पिन्टु यादव छन् । उनीहरूमाथि प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ ।

प्रहरीले गोली प्रहार घटनामा प्रयोग गरिएकाे मोटरसाइकल र गाडी समेत नियन्त्रणमा लिइएको जनाएकाे छ ।

सोमबार साँझ गोली प्रहारबाट देवानगञ्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता र पिन्टु मेहता घाइते भएका थिए ।

मोटरसाइकलमा यात्रा गरिरहेका बेला शिवकुमार र पिन्टुमाथि देवानगञ्ज बजारमा गोली प्रहार भएको थियो । शिवकुमारको ढाडदेखि तल दायाँतर्फ र बायाँ कम्मरको भागमा गोली लागेको
सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन तिम्सिनाले बताए ।