नयाँ वर्षकाे पहिलाे काराेबारमै शेयर बजारमा २७ अंकको सुधार, आठ अर्ब ५४ करोडको कारोबार

काठमाडौँ, २ वैशाख । नयाँ वर्ष अर्थात साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सकारात्मक वृद्धि देखिएको छ । नेप्से २७.१४ अंकले बढेर दुई हजार छ सय ८९.२२ विन्दुमा पुगेको छ ।
आज ३२० कम्पनीका करिब दुई करोड १८ लाख कित्ता शेयर ६९ हजार पटकभन्दा बढी खरिदबिक्री हुँदा कुल रू आठ अर्ब ५४ करोड ४३ लाखभन्दा बढीको कारोबार भएको छ ।
आज म्युचुअल फन्ड र व्यापार समूहबाहेक अन्य सबै समूहका उपसूचक बढेका छन् । विकास बैंक समूह २.४६ प्रतिशत र लगानी समूह २.७१ प्रतिशतले वृद्धि हुँदा सर्वाधिक कमाउनेमा परे ।
कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यता, बलेफी हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले घटेको छ । कारोबार रकम (रू. २ अर्ब १ करोड) र शेयर संख्या (८६ लाख कित्ता) का आधारमा पनि आज बलेफी हाइड्रोपावर नै शीर्ष स्थानमा रह्यो ।