आईसीसी महिला टी–२० विश्वकप एसिया क्वालिफायर खेल्ने नेपाली टिम घोषित

काठमाडौंँ, १२ वैशाख । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार को लागि नेपाली टोली चयन गरेको छ ।

थाइल्यान्डमा आयोजना हुने प्रतियोगिताका लागि इन्दु वर्माको कप्तानमा १४ सदस्यीय टिमको घोषणा गरिएको हो । पुजा महतोलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । दोस्रो चरणको प्रशिक्षणमा रहेका २० खेलाडीबाट अन्तिम टोली घोषणा गरिएको हो । अन्तिम टोलीमा बिन्दु रावल, सम्झना खड्का, रुबिना क्षेत्री, रोमा थापा, कविता जोशी, रुबी पोदार, राजमती ऐरी कविता कुँवर, सबनम राई, इश्वरी विष्ट, मनिषा उपाध्यया र रिया शर्मा पर्नुभएको छ ।

आगामी मे ७ देखि २१ सम्म हुने एसिया क्वालिफायरमा नेपालसहित नौ टिम सहभागी छन् । सो प्रतियोगिताबाट शीर्ष दुई टोली ग्लोबल क्वालिफायरमा छनोट हुनेछ ।