महायान–वज्रयान बुद्ध धर्मका विविध देवताबारे प्रशिक्षण कक्षा सञ्चालन

काठमाडौँ, १३ वैशाख । महायान–वज्रयान बुद्ध धर्मका विविध देवताबारे सञ्चालन गरिएको नौ हप्ते प्रशिक्षण कक्षा शनिबार सम्पन्न भएको छ ।

केशचन्द्र महाविहार संरक्षण समाजको आयोजनामा भएको सो प्रशिक्षण कक्षामा बौद्ध विदुषी सुमति वज्राचार्यले करीब ७५ जनालाई प्रशिक्षित गर्नुभयो । गत फागुन ३ गतेदेखि वैशाख १३ गतेसम्म प्रत्येक शनिबार कक्षा सञ्चालन भएको हो । बौद्ध विदुषी वज्राचार्यले समापन समारोहमा प्रशिक्षार्थी सबैलाई प्रमाणपत्र प्रदान गर्नुभयो । यसैगरी आयोजकले बौद्ध विदुषी वज्राचार्यलाई मायाको चिनोसहित सम्मान गरेको छ। सोही कार्यक्रममा नौ हप्ते कक्षामा भएका विषयलाई लिपिवद्ध गरेर तयार पारिएको पुस्तक पनि विमोचन गरिएको थियो ।

आयोजक केशचन्द्र महाविहार संरक्षण समाजका अध्यक्ष प्रज्ञारत्न शाक्यले महायान र वज्रयान बौद्ध धर्म मान्नेहरुमध्ये धेरैलाई यसको महिमा, आराधना, मन्त्रसिद्धी, मुद्राआदि बारे ज्ञान नभएको हुँदा यो कक्षा सञ्चालन गरिएको हो, भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *