कांग्रेस सांसद माया राईलाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, १४ वैशाख । नेपाली कांग्रेसकी सांसद माया राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा ३ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो ।

शनिबार साँझ पक्राउ परेकी सांसद राईलाई आइतबार अदालत हाजिर गराइएकाे थियो । उनलाई काठमाडौं जिल्ला प्रहरी, परिसर भद्रकालीको हिरासतमा राखिएको छ ।