कञ्चनपुर–कमला सडक विस्तार: लहानमा ओभरपास निर्माण सुरु

काठमाडौँ, २४ वैशाख  । सिरहा – पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तार आयोजना अन्तर्गत लहानमा ओभरपास निर्माण सुरु भएको छ । चाइना रेलवे–२ इञ्जिनियरिङ ग्रुपले सहिद स्मारक हटाएपछि ओभरपास निर्माण थालेको हो ।

आयोजनाको पश्चिम खण्ड (सिरहा)को ४७ किलोमिटरमध्ये ६२ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । यस खण्डमा अन्तर्राष्ट्रिय मापदण्डको ३२ मिटर चौडा दुई ओभरपास र पाँच अण्डरपास निर्माण हुनेछन् । मिर्चैयामा पनि ओभरपास निर्माण सुरु भइसकेको छ भने लहानमा अण्डरपास निर्माण धमाधम भइरहेको छ ।

कुल १५ अर्ब ६६ करोड ४४ लाख ९८३ रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको पूर्वी खण्ड (सप्तरी) को ३९ किलोमिटर सडक स्तरोन्नति गर्न ७ अर्ब २७ करोडमा ठेक्का सम्झौता भइसकेको छ । यस खण्डमा करिब ६० प्रतिशत काम सम्पन्न भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *