रोहितले लिए टेस्ट क्रिकेटबाट सन्नयास

मुम्बई, २५ वैशाख । भारतका कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन् । भारतको इङगल्यान्ड भ्रमणअगाडी रोहितले पाँच दिने सरचनाको खेल नखेल्ने निर्णय गरेका हुन् । ३८ वर्षीय रोहितले एकदिवसीय अन्तर्राष्ट्रिय खेललाई भने निरन्तरता दिने बताए ।

रोहित २०२४–२५ सत्रमा टेस्टमा सङघर्षरत् नै रहेका थिए । पछिल्ला आठ टेस्टमा खेलेको ११ पालिमा उनको औसत मात्र १०.९३ रन रहेको थियो । रोहितले ४०.५७ को औसतमा ६७ टेस्टमा ४,३०१ रन बनाएका छन् । उनले भारतका लागि १२ टेस्ट शतक प्रहार गरेका छन् । सन् २०२२ मार्चमा रोहित भारतीय टेस्ट टिमका कप्तान बनेका हुन् । रोहितको नेतृत्वमा भारतले १२ जित, नौ हार र तीन बराबरीमा खेलेको छ । एजेन्सी